Government of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Livestock Services

Central Veterinary Laboratory

Veterinary Laboratory

Birendranagar, Surkhet, Nepal

Suchi darta

सूची दर्ता गराउने सम्वन्धि सूचना ! ! !

यस पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आ.व. ०८१/०८२ मा आवश्यक पर्ने विभिन्न औषधिजन्य किट, ‍औषधी, प्रयोगशाला सम्वन्धी रिएजेन्टहरु‚ स्टेसनरी सामग्रीहरु खरिद, प्रयोगशालामा रहेका विभिन्न उपकरणहरु‚ सवारी साधनहरु निर्माण तथा मर्मत गराउने प्रयोजनको लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार यस प्रयोगशालाको मौजुदा सूचिमा सूचि दर्ता हुन वा अध्यावधिक हुन चाहने इच्छुक फर्म, निर्माण कम्पनी, परामर्शदाता, आधिकारिक विक्रेता तथा आपूर्तिकर्ताले देहाएका कागजातहरुको प्रतिलिपि संलग्न राखि सूचि दर्ताका लागी आवेदन पेश गर्नु हुन सम्वन्धित सबैमा जानकारी गराइन्छ ।

आवेदन साथ संलग्न राख्न पर्ने कागजातहरुः

  1. फर्म वा संस्था दर्ताको प्रमाणपत्र,
  2. स्थायी लेखा नम्वर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण  पत्र,
  3. ब.व. २०७९/०८०  कर  चुक्त्ता प्रमाण पत्र,
  4. आधिकारिक निर्माण कम्पनी/विक्रेता/आपूर्तिकर्ताको प्रमाण पत्र