नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

बिरेन्द्रनगर, सुर्खेत, नेपाल

Dr. Arjun Pandit

डा. अर्जुन पाण्डित

वरिष्ठ पशु चिकित्सक

कार्यालय प्रमुख

Dr. Prativa Shrestha

डा.प्रतिभा श्रेष्ठ

सूचना अधिकारी

परिचय

पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धिको लागी बिभिन्न रोगहरु बाधकको रुपमा छन । तसर्थ यस्ता पशुपंक्षी जन्य रोगहरुलाई नियमित सर्भिलेन्स तथा प्रयोगशाला परिक्षण गरी समयमै औषधी, उपचार तथा रोकथामका बिधीहरु अपनाई रोग उन्मुलन गर्न सकेमा एकातिर कृषकको आयआर्जनमा बृधि हुन्छ भने अर्को तिर गुणस्तरीय उत्पादनले गर्दा जनस्वास्थ्यमा सुधार आउनुको साथै अन्तराष्ट्रिय बजारमा प्रतिस्प्रधा गर्न सजिलो हुन्छ ।

बर्तमान अवस्थामा देशमा केन्द्रिय पशु रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला, ५ वटा क्षेत्रिय पशु रोग अन्वेषण प्रयोगशालाहरु मार्फत नियमित रुपमा पशुपंक्षीको रोग निदान कार्य हुदै आईरहेको छ । नियमित रुपमा संचालित प्रयोगशाला सेवा कार्यक्रम अन्र्तगत परजिबी पहिचान, प्याथोलोजी सेवा, माईक्रोबाइलोजी सेवा तथा मलीकुलर बाईलोजी सेवा प्रमुख हुन । साथै नियमित रोग सर्भिलेन्स, ईपिडेमिक रोग अन्वेषण पनि नियमित रुपमा हुदै आईरहेको छ । जसको फलस्वरुप बर्ड फ्लु जस्ता माहामारी रुपमा देखा पर्ने सिमा बिहिन पशु रोगहरुको समयमै सहि रुपमा रोग निदान भई रोग नियन्त्रण कार्यमा सहयोग पुगेको छ । 

... थप पढ्नुहोस्